·
बीर अस्पतालमा ICU मा बेडहरु र भेन्टिलेटरहरु भएतापनि प्रयोग नगरिएको र बिरामीलाई मर्का परेको, बेड छैन भनि बिरामी फर्काउने गरिएको गुनासो अत्याधिक आएपछि हामी, म तोसिमा कार्की र माननीय हरी ढकाल वस्तुस्थिती बुझ्न गयौँ।
मेडिकल ICU ८ बेडमा ६ मात्र प्रयोगमा।
सर्जिकल ICU १८ बेडमा ८ मात्र प्रयोगमा।
रेस्पी ICU मा AC बिग्रेकोले बिरामीको तापक्रममा समस्या।
न्युरो ICU मा ९ बेडमा ५ मात्र प्रयोगमा।
Gastro/Hepato ICU (११ बेड भएकोमा) पुरै बन्द ताल्चा लगाईएको।
अपरेसन कक्षहरु पनि केहि मात्र सन्चालन भई केहि थन्किएको ।
देशको सबैभन्दा पुरानो ठूलो र अधिकांश बिरामी आउने अस्पतालको यो हविगत किन छ? आईसीयु बेड र भेन्टिलेटरहरु बन्द गरेर राखिएको यता बिरामी भने आईसीयु नपाएर मरिरहेका छन्।
काराण : जनशक्ति नभएर। कार्तिकमा करारका २७६ स्वास्थ्यकर्मीलाई निकालिएको रहेछ र तत्पश्चात नयाँ व्यवस्थापन नगरिएकोले ४-५ महिना देखि यो गम्भिर समस्या आएको रहेछ। यता स्वास्थ्यकर्मिहरु बेरोजगार ! अनि यता चाहीँ अभाव । काम गरिरहेका स्वास्थ्यकर्मी पनि हतोत्साहित, ICU हरु बन्द, बिरामीहरु अलपत्र !! कस्तो नालायकीपन सरकारको ?? स्वास्थ्य मन्त्रीले तत्काल जनशक्ति थप्नुपर्यो हैन भने स्वास्थ्य क्षेत्र धरापमा छ ।