नेपालमा महिलाहरुमा क्यान्सरले मृत्युहुने कारणमा स्तन क्यान्सर दोस्रो प्रमुख कारण हो।अधिकांश महिलाहरु अन्तिम स्टेजमा अस्पताल आउनुहुन्छ।
स्तन क्यान्सरको Screening tests, परिक्षण सम्पूर्ण नेपाली महिलाहरुको लागी निशुल्क उपलब्ध हुनुपर्छ भनि हामी राज्यमन्त्री हुँदा देखि निरन्तर लागेर निती कार्यक्रम बजेटमा समेत ल्याउन सफल भयौँ तर त्यसपछि सरकारको तर्फबाट कार्यनयन भएको छैन।यद्दपि हामी स्वयम्ले ललितपुरमा भने सचेतनामुलक कार्यक्रम, स्वपरिक्षण तालिम र पहिलो चरणको परिक्षण निशुल्क रुपमा सन्चालन गर्दै आएका छौँ ।
थप टेस्ट, म्यामोग्राम र ल्याब परिक्षण समेतको व्यवस्था गर्ने पहलमा छौँ।
तस्वीर : पाँचौ स्तनक्यान्सर सचेतनामुलक तथा परिक्षण कार्यक्रम, सातदबाटो, ललितपुर